आन्तरिकतर्फ दैनिक ४८ उडानः व्यवसायी अन्यौलमा

काठमाडौं- आगामी भदौ १ गतेदेखि सञ्चालन हुने आन्तरिक व्यावसायिक उडानका लागि विभिन्न एयरलाइन्सका दैनिक ४८ उडान हुने भएका छन् ।

बन्दाबन्दीको झण्डै पाँच महिनापछि शुरु हुने व्यावसायिक उडानका लागि नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले ४८ वटा उडान स्वीकृति दिएको जनाइएको छ ।

प्राधिकरणले शहरी क्षेत्रका विमानस्थल (ट्रङ्क रुट) मा ३९ उडान र दुर्गममा हुने उडान (स्टल) का लागि नौ वटा गरी दैनिक ४८ उडानलाई अनुमति दिइएको छ । उडान खुल्ने भएपछि आन्तरिक उडानका वायुसेवा कम्पनीले पूर्व तयारी तीव्र पारेका छन् ।

बुद्ध एयर, यती एअरलाइन्स, श्री एयरलाइन्सलगायत ठूला कम्पनीले सुरक्षित उडानका लागि विशेष तयारी गरिरहेका छन् । कतिपय एयरलाइन्सले उडान तालिका बनाएर प्राधिकरणबाट स्वीकृति पनि लिइसकेका छन् । यस विषयमा प्राधिकरणले औपचारिक निर्णय गरिसकेको छैन ।

उडान अन्योल कायमै

वायुसेवा कम्पनीले उडान सञ्चालनको तयारी तीव्र पारिरहँदा अझै उडान हुने होकी भन्ने यकिन भएको छैन । काठमाडौँ उपत्यकामा दैनिक कोभिड–१९ सङ्क्रमणका बिरामी बढिरहेकाले पुनः लकडाउन हुनसक्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चेतावनी दिएको छ ।

विज्ञहरुको सुझावलाई लिएर सरकारले कोभिड सङ्क्रमण नियन्त्रणका लागि पुनः सवारी साघनको जोर बिजोर प्रणाली लागू गर्नसक्ने बताइएको छ । सोही सम्भावित अवस्थालाई ध्यानमा राख्दै हवाई कम्पनीले पाँच महिनापछि शुरु हुन लागेको हवाई उडान प्रभावित हुनसक्ने आशङ्का गरेका छन् ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.