विवरणसहितका आजका केही तस्वीर

काभ्रेपलाञ्चोक र भक्तपुर जिल्लाको सिमाना सूर्यविनायक नगरपालिका–९ र १० साँगास्थित अरनिको राजमार्गमाथि निर्माण गरिएको झोलुङगे पुलबाट कैलाश महादेव मन्दिर घुम्न जाने र घुमेर आउनेको भीड ।

डोटीको सायल गाउँपालिकामा रहेको पर्यटकको मुख्य आर्कषणको केन्द्र भेलछडा झरना । तस्वीरः विमलबहादुर विष्ट/रासस

रोपाइँ सकिएपछि देखिएको तनहुँको व्यास नगरपालिका-५ पतेनीका धान खेत । जिल्लामा ९५ प्रतिशत भन्दा बढी भूभागमा रोपाइँ सकिएको छ । तस्वीरः कृष्ण न्यौपाने/रासस

तनहुँको व्यास नगरपालिका–५ मानहुँडाँडाबाट दमौलीलाई पृष्ठभूमिमा राखेर तस्वीर कैद गर्दै आन्तरिक पर्यटक । बन्दाबन्दी अन्त्य भएसँगै जिल्लाका पर्यटकीय स्थानमा आन्तरिक पर्यटकको चहलपहल शुरु भएको छ । तस्वीरः कृष्ण न्यौपाने/रासस

बागलुङ सदरमुकाम हुँदै सिगाना, बरेङ शान्तिपुर पुग्ने बागलुङ नगरपालिका–८ सिगानामा अविरल वर्षाका कारण भासिएको सडक । सडकसँगै जोखिममा रहेको बस्ती । तस्बिरः खेमराज गौतम/रासस

मनाङ ङिस्याङ गाउँपालीका-५ भ्राकाबाट देखिने अन्नपूर्ण दोस्रो बादल हटेपछिको मनोरम दृश्य । यो हिमाल मनाङका पिसाङ, ङावोल, भ्राका, मनाङ गाउँलगयत माथिल्लो मनाङका सबै गाउँबाट प्रष्ट देख्न सकिन्छ । तस्वीरः  नवीन लामीछाने/रासस

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१० झलारी बजारमा विद्युतको खम्बामा तार तान्दै प्राविधिक । तस्वीरः राजेन्द्रप्रसाद पनेरु/रासस

कोरोना सन्त्रासका बिच संखुवासभाको खाँदबारीमा परम्परा जोगाउन नेवार समुदायले निकालेको गाईजात्रामा माक्स नलगाई आउनेहरुलाई माक्स बाढ्दै । तस्वीरः सुजन बज्राचार्य/रासस

तनहुँको सदरमुकाम दमौलीस्थित मालपोत लाइनमा अशोकाको बिरुवा लगाइएपछि देखिएको सुन्दर दृश्य । व्यास नगरपालिकाले बजार क्षेत्रलाई हरियाली र फूलको बगैचा बनाउने लक्ष्य लिएको छ । तस्वीरः सानेबहादुर नेपाली/रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.