बुद्ध एयरद्वारा एटीआर–७२, ५०० जहाजको सिमरा उडान परीक्षण

काठमाडौं- नागरिक उड्डयन प्राधिकरणको अनुमतिमा बुद्ध एयरले सिमरा विमानस्थलमा एटीआर–७२, ५०० सिरिजको जहाजले परीक्षण उडान गरेको छ । काठमाडौंबाट १७ जना हवाई प्राविधिकसहितको टोली लिएर बुधबार २१ गते बुद्ध एयरको उक्त जहाजले दक्षिण र उत्तर गरि दुवैतर्फबाट उडान तथा अवतरण गरेको छ ।

जहाजको परीक्षण उडान नागरिक उड्डयन प्राधिकरणले निर्धारण गरेको सबै सुरक्षा मापदण्ड पालना गरेको छ । यसअघि बुद्ध का एटीआर ४२–३२० सिरिज र बीच १९०० ‘डी’ जहाजले मात्र सिमरा उडान भरिरहेको थियो ।

चैत ११ गतेअघि दैनिक ७–९ वटा सेड्युलबाट नियमित उडान गर्दै आएको बुध्द भदौ १ गतेदेखि हुने उडानका लागि ७२ सिटे एटीआर ७२ ले उडान भर्ने योजना बनाएको छ ।

नेपालकै सबैभन्दा पुरानो सिमरा विमानस्थलको लम्बाई ११९० मिटर रहेको छ । औद्योगिक करिडोर र भारतीय पर्यटकका लागि काठमाडौं छोटो दूरीको उडानका कारणसमेत सिमरा विमानस्थल सधैं भिडभाड हुने गर्दछ । बुध्द एयरसँग ८ वटा एटीआर–७२, तीनवटा एटीआर–४२ र २ वटा बीच १९०० ‘डी’ जहाज रहेको छ ।

भदौ १ बाट हुने उडानका लागि बुद्ध एयरले संक्रमणरहित उडानका लागि सम्पूर्ण तयारी गरिसकेको छ । यात्रुको दोहरो तापक्रम चेकजाँच, ह्याण्ड सेनिटाइज, फेसमास्क र फेसशिल्डको अनिवार्य प्रयोग लागू गरेको छ । यस्तै प्रत्येक उडानपछि जहाज, लगेज ट्रलीको संक्रमणरहित सरसफाई गर्ने विज्ञप्तिमा उल्लेख गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.