वीरगञ्जमा १ सय ४३ नयाँ संक्रमित थपिए

उपचार गर्न आइसोलेशन वार्डको अभाव

पर्सा- वीरगञ्जमा आज कोरोना भाइरसका नयाँ १ सय ४३ संक्रमित थपिएका छन । नारायणी अस्पतालका चिकित्सक डा. निरज सिंहका अनुसार  अस्पतालको पीसीआर ल्याबले गरेको स्वाब परिक्षणमा आज २२ महिला सहित १ सय ४३ जना संक्रमित थपिएका हुन ।

संक्रमितको संख्या बढ्दै गएकोले वीरगञ्ज महानगरपालिकामा सन्त्रास उत्पन्न भएको छ । वीरगंज कारागारमा थप १० जना नेपाली सेना, एक जना नेपाल प्रहरी र एक जना कर्मचारीसहित १२ संक्रमित पुष्ठि भएको छ ।

त्यसै गरी प्रहरी हिरासतमा रहेका ४४ जना थुनुवामा कोरोना संक्रमित देखिएको पर्साका प्रहरी नायब उपरिक्षक मन्जित कुँवरले जानकारी दिनुभएको छ । कुवँरका अनुसार विभिन्न मुद्दामा प्रहरी हिरासतमा रहेका एक महिलासहित ४३ जना थुनुवा र प्रहरी कार्वाहीमा रहेका एक प्रहरी गरी ४४ जनामा संक्रमण पुष्टी भएको हो ।

वीरगञ्ज महानगरपालिकाको वडा १३ तेजारथ टोल, मुर्लि १२, भिष्वा १५, घडिअर्वा १०, पिपरा, गण्डक लगायतको स्थानका संक्रमित थपिएका हुन । संक्रमित राख्ने आइसोलेशन वार्ड नभएकाले अहिले संक्रमितहरु समस्यामा छन् ।

यसप्रति न त प्रशासनको ध्यान गएको छ नत वीरगंज महानगरपालिकाले उचित व्यवस्थापन नै गर्न सकेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.