विश्वकप महिला क्रिकेट रोकियो

काठमाडौं– आगामी वर्ष हुने तय भएको विश्वकप महिला क्रिकेट प्रतियोगिता कोरोनाभाइरस महामारीका कारण सन् २०२२ को फेब्रुअरीदेखि मार्चसम्मका लागि स्थगन गरिएको छ।

यसै वर्षको फेब्रुअरी ६ देखि मार्च ७ सम्म न्यूजिल्याण्डमा ५० ओभरको महिला विश्वकप क्रिकेट प्रतियोगिता आयोजना हुने तय भएको थियो। कोरोनाभाइरसका कारण यस वर्ष हुने भनिएका तीनवटा महिला क्रिकेट प्रतियोगिताहरू सन् २०२२ का लागि सारिएको अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसिसीले जनाएको छ।

आईसीसीले यसै वर्ष हुने तय भएको तर कोरोनाभाइरसका कारण यसअघि नै स्थगित गरिएको विश्वकप पुरुष टी(ट्वान्टी क्रिकेट प्रतियोगिता सन् २०२२ मा अष्ट्रेलियामा आयोजना गरिने घोषणा गरेको छ। सन् २०२१ मा भारतमा आयोजना हुने भनिएको पुरुष टी(ट्वान्टी क्रिकेट प्रतियोगिताको मिति र स्थान भने यथावत नै रहने आईसीसीले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.