च्याम्पियन्स लिगको गएराति भएका खेलहरूमा बार्सिलोना र बायर्न विजयी

काठमाडौं- यूएफा च्याम्पियन्स लिग फुटबलअन्तर्गत गएराति भएका खेलहरूमा स्पेनिश क्लब बार्सिलोना र जर्मन क्लब बायर्न म्युनिख विजयी भएका छन् ।

लियोनेल मेसीको टोली बार्सिलोनाले ईटालियन क्लब नेपोलीलाई एकका विरुद्ध तीन गोलले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान पक्का गरेको हो ।

त्यस्तै अर्को खेलमा घरेलु लिग जर्मन बुन्डेशलिगाको विजेता बायर्नले इङ्लिश क्लब चेल्सीलाई एकका विरुद्ध तीन गोलले पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।

बार्सिलोना र बायर्नबीच आउँदो शनिवार राति सेमिफाइनल प्रवेशका लागि भीडन्त हुँदैछ । ‍कोरोनाभाइरसका कारण करिब पाँच महिनासम्म स्थगन भएको यस सिजनको च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगअन्तर्गतका खेलहरू शुक्रबारबाट पुनः शुरू भएको हो । ‍

शुक्रबार भएका खेलहरूमा विजयी भएका इङ्लिश क्लब, म्यान्चेस्टर सिटी र फ्रान्सेली क्लब लियोनबीच आउँदो आइतबार राति हुने क्वाटर्फाइनल खेलमा भीडन्त हुँदैछ । क्वाटर्फाइनलअन्तर्गतका खेलहरू भने बिहीबारबाट शुरू हुँदैछन् ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.