यूएफा यूरोपा लिगमा आज दुई खेल

काठमाडौं– यूएफा यूरोपा लिगअन्तर्गत आज अन्तिम दुई क्वाटरफाइनल खेलहरू हुँदछैन्।

लिगको सेमिफाइनल प्रवेशका लागि आज राति युक्रेनी क्लब शख्तर डोनेस्क र स्वीश क्लब बाजलबीच खेल हुँदैछ। त्यस्तै अर्को खेलमा इङ्लिश क्लब वुल्भ्स तथा स्पेनिश क्लब सेभिलाबीच भीडन्त हुँदैछ। दुवै खेलहरू नेपाली समयानुसार राति १२ बजेर ४५ मिनेटमा शुरू हुनेछन्। गएराति भएका क्वाटरफाइनल खेलहरूमा इङ्लिश क्लब म्यान्चेस्टर युनाइटेड र ईटालियन क्लब ईन्टर मिलान विजयी भएका छन्। युनाइटेडले डेनिश क्लब एफसी कोपनहेगनलाई शून्यका विरुद्ध एक गोलले हराएर सेमिफाइनलमा स्थान पक्का गरेको हो।

अतिरिक्त समयमा पेनल्टीमार्फत् युनाइटेडका ब्रुनो फर्नानडिशले गरेको गोल नै निर्णायक गोल बन्न पुग्यो। अर्को खेलमा ईन्टरले जर्मन क्लब बायर लिभरकुशनलाई एकका विरुद्ध दुई गोलले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको छ। ईन्टरको जितका लागि निकोला बारेला र रोमेलु लुकाकुले एक-एक गोल गरे। लुकाकु यूरोपा लिगमा पहिलो पटक लगातार नवौँ गोल गर्ने कीर्तिमानी खेलाडी पनि बन्न सफल भएका छन्।

सेमिफाइनल चरणका खेलहरू आगामी आइतबार र सोमबार हुँदैछन्। कोरोनाभाइरस महामारीका कारण करिब पाँच महिनासम्म स्थगित भएको यूरोपा लिगका बाँकी खेलहरू गत बुधबारबाट पुनः शुरू भएका हुन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.