जर्मन क्लब आरबी लेइप्जिग विजयी

जर्मनी- यूएफा च्याम्पियन्स लिगको गएराति भएको क्वाटर्फाइनल खेलमा जर्मन क्लब आरबी लेइप्जिग विजयी भएको छ ।  स्पेनिश क्लब एथ्लेटिको मड्रिडलाई एकका विरुद्ध दुई गोलले हराउँदै लेइप्जिगले लिगको सेमिफाइनलमा प्रवेश गरेको हो। खेलको पहिलो हाफमा दुवै टोलीले कुनै गोल हुन सकेनन्। ५० ‍औँ मिनेटमा ड्यानी ओल्मोले गोल गरेपछि लेइप्जिगले अग्रता लिएको भएपनि ७१ ‍औँ मिनेटमा एथ्लेटिकोका जोआओ फेलिक्सले गोल फर्काएपछि खेल बराबरीको स्थितिमा पुगेको थियो। तर खेलको ८८ औँ मिनेटमा टाइलर एडम्सले अर्को गोल थपेपछि लाइप्जिग पहिलो पटक लिगको सेमिफाइनलमा स्थानमा सुरक्षित गर्न सफल भयो । अब मंगलबार राति हुने पहिलो सेमिफाइनल खेलमा लेइप्जिगले फ्रान्सेली क्लब प्यारिस सेन्ट जर्मेन-पीएसजविरुद्ध खेल्दैछ ।  आज राति हुने अर्को क्वाटर्फाइनल खेलमा लिग दाबेदारहरू बार्सिलोना र बायर्न  म्युनिखबीच भीडन्त हुँदैछ। सन् २०१४/१५ को सिजनपछि पहिलो पटक स्पेनिश क्लब बार्सिलोना र जर्मन क्लब बायर्नबीच खेल हुँदैछ । त्यतिबेला बायर्नलाई हराउँदै बार्सिलोना फाइलनमा प्रवेश गरेको थियो। लिगमा हालसम्म सर्वाधिक १३ गोल गरेका रोबर्ट लेवोन्दस्कीको टोली बायर्न र स्टा खेलाडी लियोनेल मेसीको टोली बार्सिलोनाबीचको खेल निकै चाखका साथ हेरिएको छ। सो खेल नेपाली समयानुसार आज राति १२ बजेर ४५ मिनेटमा शुरू हुनेछ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.