च्याम्पियन्स लिगमा बायर्नको सानदार जित, बार्सिलोना २-८ गोल अन्तरले पराजित

काठमाडौं- यूएफा च्याम्पियन्स लिगको गएराति भएको क्‍वाटर फाइनल खेलमा जर्मन क्लब बायर्न म्युनिख स्पेनिश क्लब बार्सिलोनाविरुद्ध विजयी भएको छ ।

बार्सिलोनालाई दुईका विरुद्ध आठ गोलले हराउँदै हालसम्म पाँच पटक लिगको जितेको बायर्नले सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

हारसँगै लियोनेल मेसीको टोली बार्सिलोना लिगबाट बाहिरिएको छ। बायर्नका लागि बार्सिलोनाबाट यो सिजनको सुरूवातमा पठाइएका फिलिप कोटिन्होले दुई गोल गरे। त्यस्तै थोमस मुलरले दुई गोल गरे।

ईभान पेरिसिक, जोसुआ किमिच, सर्ज जिनाब्री रोबर्ट लेवोन्दस्कीले  एक-एक गोल गरे । लिगका सर्वाधिक गोलकर्ता लेवोन्दस्कीले हिजोको खेलमा एक गोल गर्दै गोल संख्या १४ पनि पुर्‍याए ।

बायर्नले अब फाइनल प्रवेशका लागि आज राति हुने इङ्लिश क्लब म्यानचेस्टर सिटी र फ्रान्सेली क्लब लियोनबीचको खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

सिटी र लियोनीबीचको लिगको उक्त अन्तिम क्‍वाटर फाइनल खेल नेपाली समयानुसार १२ बजेर ४५ मिनेटमा सुरू हुनेछ । फ्रान्सेली क्लब प्यारिस सेन्ट जर्मेन-पीएसजी र अर्को जर्मन क्लब आरबी लेइप्जिगले यसअघि नै सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।

सेमिफाइलन चरणका खेलहरू आगामी मंगलबार र बुधबार हुँदैछन् ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.