एनओसीका दुई कर्मचारीमा कोरोना संक्रमण भएको पुष्टि

काठमाडौं– नेपाल ओलम्पिक कमिटी (एनओसी)का दुई कर्मचारीमा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

राष्ट्रिय खेलकुद परिषद्ले गरेको परीक्षणमा दुई जनाको रिपोर्ट पोजेटिभ आएको एनओसीका कार्यकारी निर्दशक चतुरनन्द वैद्यले नेपाल टेलिभिजनलाई जानकारी दिनु भएको छ । स्क्वासका प्रशिक्षकमा कोरोना देखिएपछि कर्मचारीको कोरोना परीक्षण गरिएको थियो । कोरोना संक्रमण पुष्टि भएसँगै नेपाल ओलम्पिक कमिटी अनिश्चित समयका लागि बन्द गरिएको छ ।

केहि दिन अघिमात्र राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणमा बोलाइएका एक खेलाडीमा कोभिड १९ को संक्रमण देखिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.