२४ घण्टामा १ हजार ३५१ जना कोरोना भाइरसको नयाँ संक्रमित थपिए

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ३ सय ५१ जना कोरोना भाइरसको नयाँ संक्रमित थपिएका छन । र यही अबधीमा ७ सय ४२ जना कोरोना भाइरसबाट संक्रमण मुक्त भएका छन ।

स्वास्थ्य मन्त्रालयमा आज आयोजित नियमित प्रेस व्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले दिनुभएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा नेपालमा १० हजार ८० जनाको पीसीआर परिक्षण गरिएको थियो ।

उहाँले यही अबधीमा ४ जनाको मृत्यु भएको समेत जानकारी दिनुभयो । यो सहित नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ४ सय ८१ पुगेकोछ ।

नेपालमा देशभर जम्मा ६ हजार ३ सय १० जना क्वारेन्टिनमा रहेका र २ सय २५ जना आइसोलेशनमा रहेको जानकारी प्रवक्ता गौतमले दिनुभयो । प्रवक्ता गौतमका अनुसार नेपालमा संक्रमित मध्ये ७३ दशमलव १ प्रतिशत संक्रमित निको भएका छन ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.