कोरोना संक्रमित थप ७ जनाको मृत्यु
कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४९८ पुग्य

काठमाडौं- नेपालमा पछिल्लो चौबीस घण्टामा ७ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
योसँगै नेपालमा अहिलेसम्म कोरोनाका कारणले मृत्यु हुनेको संख्या ४९८ पुगेको छ । याेसँगै मृत्युदर शून्य दशमलब ६४ पुगेको छ ।
पछिल्लो चौबीस घण्टामा एक हजार ५७ जना कोरोनाभाइरस सङ्क्रमित निको भएर घर फर्केका छन् । निको हुनेको दर ७२ दशमलव ५ प्रतिशत छ ।
मन्त्रालयले दैनिक प्रेस ब्रिफिङ्को क्रममा हाल नेपालमा २० हजार ८९१ जनामा कोरोनाभाइरसको सङ्क्रमण सक्रिय रहेको जनाएको छ ।
थपिएका नयाँ सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या ७७ हजार ८१७ पुगेको छ । कुल संक्रमित २८.८५ प्रतिशत पुगेको छ
हालसम्म ५६ हजार ४२८ जना सङ्क्रमित निको भएका छन् ।
आइसोलेसनमा २० हजार ८९१ जनामा र क्वारेन्टाइनमा पाँचहजार ४२८ पुगेको छ ।।





प्रतिक्रिया राख्नुहोस्