महामारीको बेवास्ता गर्दै रथ तान्दा झडप (भिडियो सहित)

काठमाडौं– महामारीको बेवास्ता गर्दै ललितपुरको पुल्चोकमा राखिएको रातो मच्छिन्द्रनाथ रथ तान्दा झडप भएको छ ।

ललितपुरको पुल्चोकमा राखिएको रातो मच्छिन्द्रनाथ (बुगःद्य)को रथ निषेधाज्ञा जारी रहेको अवस्थामा नतान्नु भन्दाभन्दै बिहीबार जिल्ला प्रशासनको स्वीकृत बिना तानिएकाले रथ तान्न रोक लगाउन प्रहरीले दमकलको सहायताले पानीको फोहोरा हानेको थियो ।

गत वैशाख १८ र १९ गते तान्नुपर्ने रथ कोभिड–१९ को सङ्क्रमण न्यूनीकरण गर्न सरकारले लागू गरेको बन्दाबन्दीका कारण रोकिएको थियो । अहिले पनि निषेधाज्ञा बाबजुद स्थानीयको दबाबमा रथ तान्न सुरू गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.