२४ घण्टामा १२२८ संक्रमित, उपत्यकामा मात्रै ४४५ थपिए

⚪ पछिल्लो २४ घण्टामा ९ सय १७ जना डिस्चार्ज ⚪ नेपालमा कोरोनाबाट ४२८७७ जना संक्रमित

काठमाडौं– नेपालमा २४ घण्टामा थप १ हजार २ सय २८ जना कोरोना भाइरस (कोभिड १९) संक्रमित हुनुभएको छ ।

१३ हजार ४ सय १३ जनाको पीसीआर परीक्षण गर्दा पुरुष ८ सय ३४ र महिला ३ सय ९४ गरी जम्मा १ हजार २ सय २८ जना संक्रमित हुनुभएको हो ।

योसँगै नेपालमा कोरोनाबाट ४२८७७ जना संक्रमित हुनुभएको छ ।

काठमाडौं उपत्यकामा मात्रै बितेको २४ घण्टामा ४ सय ४५ जना संक्रमित हुनुभएको छ । काठमाडौंमा ३ सय ५७, भक्तपुरमा ४२ र ललितपुरमा ४६ जना संक्रमित हुनुभयो ।

पछिल्लो २४ घण्टामा ९ सय १७ जना डिस्चार्ज भएसँगै आजसम्म २४२०७ जना कोरोनाबाट निको हुनुभएको छ । नेपालमा हाल संक्रिय संक्रमितको संख्या १८४१३ रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.