स्थानीयबासिन्दाको सक्रियतामा पार्क निर्माण

काभ्रे- धुलिखेल नगरपालिकाले १२ वटै वडामा प्रत्येक वर्ष १ र १ वटाका दरले पाँच वर्षमा ६० वटा पार्क निर्माण गर्ने र नगर स्तरीय पार्क निर्माणको कार्य सुरु गरे सँगै स्थानीयले साथ दिन थालेका छन् ।

धुलिखेल नगरपालिका वडा नं. ४ बखुडोलका स्थानीय बासिन्दाको सक्रियता नगरपालिका डिभिजन वन कार्यालयको सक्रियतामा आकर्षक पार्क निर्माण गरेपछि अहिले उत पार्कमा हेर्न र घुम्न जानेहरुको संख्यामा बृद्धि भएको छ । सो पार्कको नाम बुद्धपार्क’ नामाकरण गरिएको छ । पार्कको एकातर्फ गौतम बुद्धको मूर्ति छ भने अर्कोतर्फ कृष्णको मूर्ति, सँगै पानीको झरना अत्यन्तै आकर्षक देखिन्छ । हरियो दुबोमाथि खेलिरहेको जस्तो देखिने ठाउँठाउँमा बाघ, हरिण, खरायोको मूर्ति बनाइएको छ ।

काठमाडौं विश्वविद्यालय जाने सडकको छेउमा रहेको खाली सार्वजनिक जग्गामा सबैले फोहोर फालेर दर्गन्ध फैलाउने गरेपछि बन्दाबन्दीको कारण घरभित्र थुनेर बसिरहेको वेलाको अवसर पारेर त्यसलाई सरसफाई गरी पार्क निर्माण गरेको पार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष सत्यमान लामाले बताउनुभयो ।

नगरपालिकाबाट पाँच लाख र डिभिजन वन कार्यालय काभे्र पाँच लाख गरी दश लाख सहयोग प्राप्त गरेको र बाँकी सहयोगीदाताहरको सहयोग र टोलबासिन्दाहरुको सहयोगमा करिब ३० लाखमा सो पार्क निर्माण गरेको निर्माण उपभोक्ता समितिका अध्यक्ष लामाले बताउनुभयो ।

करिब चार महिनामा निर्माण गरेको पार्क अहिले धुलिखेल नगर लगायत आसपासका बासिन्दाहरुको घुम्न जाने र आनन्द लिने थलो बनेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.