संक्रमितलाई काउन्सेलिङ गर्दै नगरपालिका

म आफैं उपस्थित भएर पनि परामर्श दिइरहेको छुः मेयर श्रेष्ठ

काठमाडौं– महालक्ष्मी नगरपालिका, ललितपुरले कोरोना भाइरस (कोभिड १९) संक्रमितलाई छुट्टै समूह बनाएर काउन्सेलिङ गरिरहेको छ ।

नगरपालिकाको स्वास्थ्य शाखाले हरेक वडालाई हेर्ने गरी ३–३ जनाको टिम व्यवस्थापन गरेर परामर्शको काम गरिरहेको मेयर रामेश्वर श्रेष्ठले जानकारी दिनुभयो । ‘कन्ट्याक्ट ट्रेसिङ र फलोअपको काम गर्दै आएको सीआईसीएसटीले अस्पतालमा रहेका र होम आइसोलेसनमा बसेकाहरुको अवस्था बुझ्ने, अप्ठ्यारो भए अस्पतालसम्म पुर्‍याउनेजस्ता सहजिकरणको काम गरिरहेको छ,’ उहाँले भन्नुभयो, ‘मानसिक तनाब लिने संक्रमितहरुलाई म आफैंले पनि भेटेर ढाडस दिने, परामर्श दिने गरिरहेको छु ।’

कतिपय संक्रमितहरु आत्तिने, डराउने अवस्थामा रहेकाले उहाँहरुलाई मानसिकरुपमा बलियो बनाउन चिकित्सकबाट समेत सम्पर्क गराएर परामर्श दिने गरिएको मेयर श्रेष्ठले जानकारी दिनुभयो ।

महालक्ष्मी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाका अनुसार शुक्रबारसम्म सक्रिय संक्रमित ८० जना छन् । तीमध्ये ५४ जना होम आइसोलेसनमा र २६ जना अस्पतालमा रहेका छन् । अहिलेसम्म नगरका १८५ जना संक्रमित भएका छन् भने १०३ जना संक्रमणमुक्त भएका छन् । दुई जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.