झरना हेर्न ह्वात्तै बढ्यो आन्तरिक पर्यटकको संख्या (फोटो फिचर)

काभ्रे- काभ्रे जिल्लाको रोशी गाउँपालिकामा रहेको तीन धारा झरना चर्चामा आएसंगै पर्यटकको घुइँचो बढ्न थालेको छ । जिल्लाको विकट मानिने महाभारतको क्षेत्र नजिकैपर्ने रोशी गाउँपालिका वडा नं. २ काफलडाँडास्थित रहेको पर्यटकीय तीन धारा झरना चर्चाको आएसँगै अहिले दैनिक हजारौंको संख्यामा काठमाडौं उपत्यकादेखि विभिन्न क्षेत्रबाट सवारी साधन रिजर्भ गरी झना अवलोकन गर्ने जानेको घुइँचो बढ्न थालेको हो ।

सो ठाउँमा झरना हेर्नका लागि पुगेका पर्यटकहरु जतिसुकै बाटोको जोखिम मोलेर हिड्नपरेपनि त्यहाँ पुगेपछिको झरनाको सौन्दर्यताले गर्दा सबै दुःख कष्ट भुलेको बताउँछन् । जिल्लाको सदरमुकाम धुलिखेलबाट करिब ४० किलोमिटरको दुरीमा रहेको सो रहेको तीन धारा झरना हेर्न बाटोको जोखिम अवसथ मोलेरै दैनिक आन्तरिक पर्यटकहरु जान थालेका हुन् । झरना हेर्न आन्तरिक पर्यटकको भिड लाग्न थालेपछि त्यहाँका स्थानीयबासिन्दाले बाटो बाटोमा पसहल रोखर ब्यवसाय समेत सुरु गर्न थालेका छन् । उनीहरुले गाउँमा उत्पादन हुने फलफुलदेखि विभिन्न खानेकु्राको पसल राखेर ब्यवसाय गर्न थालेका हुन् ।

ग्रामीण क्षेत्रको प्राकृतिक सुन्दरता अवलोकन गर्दै मनोरम दृश्यावलोकनका लागि तीन धारे झरनामा आएको आन्तरिक पर्यटकहरुको भनाई छ । महाभारत लेकबाट तीन वटा धारा झरेकाले तीन धारे झरना भनिएको रोशी गाउँपालिका वडा नम्बर २ अध्यक्ष पोते लामाले जानकारी दिनुभयो । आजकाल झरनामा रमाउन सो ठाउँमा दैनिक दुई, तीन हजारको संख्यामा मानिसहरु आउने गरेको उहाँको भनाई छ ।

झरना हेर्न दैनिक रुपमा मानिसको र्घुईचो बढ्न थालेपछि गाउँपालिकाले त्यहाँको भौतिक पूर्वाधारको व्यवास्थापन गर्नेदेखि सो क्षेत्रको तात्कालिन र दीर्घकालिन रुपमा पर्यटकीय क्षेत्रको पूर्वाधार विकासको लागि प्रक्रिया अगाडी बढाइसकेको गाउँपालिका अध्यक्ष दलबहादुर लामाले बताउनुभयो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.