दुर्घटनाग्रस्त ट्याङ्करका चालक र सहचालक सम्पर्कमा आए

धादिङ- गएराती पृथ्वी राजमार्गमा भएको दुर्घटनाग्रस्त तेल ट्याङ्कर भारतको बरौलीबाट पेट्रोल लिएर राजधानी काठमाण्डौ आएको खुलेको छ ।
ना ४ ख २८२२ नम्वरको ट्याङ्कर गएराती दुर्घाटना भएको राजमार्ग प्रहरीले जानकारी दिएको छ । ट्याङ्कर सडकबाट करिव दुई सय मिटर तल त्रिशुली नदीमा खसेपछी सम्पर्कविहीन भएका चालक सम्पर्कमा आएका छन् ।
हेटौडा घर भई सो ट्याङ्कर चलाउदै आएका चालक ३२ वर्षीय सुदिप बोहोरालाई मुग्लिनबाट प्रहरीले नियनत्रणमा लिएको छ । स्टेरिङ्ग फेल भई ट्याङ्कर दुर्घटना भएको चालक बाहोराले बताएको ईलाका प्रहरी कार्यालय गजुरीका प्रमुख विश्वराज खड्काले जानकारी दिनुभयो ।
सोही ट्याङ्करका सहचालक मकवानपुर बसहा माडी घर बताउने मनिष नगरकोटी पनि सकुशल रहेको प्रहरीले जानकारी दिएको छ । थप अनुसन्धानका लागी दुवैजनालाई ईलाका प्रहरी कार्यालय गजुरीमा राखिएको छ । भारतको बरौलीबाट पेट्रोल थानकोट डिपोका लागी सो ट्याङ्कर राजधानी आउँदै गरेको थियो ।-






प्रतिक्रिया राख्नुहोस्