आईपीएलमा किङ्ग्स इलेभन पञ्जाबलाई सुपरओभरमा हराउँदै दिल्ली क्यापिटल्स विजयी

काठमाडौं- इन्डियन प्रिमियर लिग- आईपीएल टी-ट्वान्टी क्रिकेटको दोस्रो खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ। दुबई अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा किङ्ग्स इलेभन पञ्जाबलाई सुपरओभरमा पराजित गर्दै दिल्लीले विजयी शुरूवात गरेको छ ।

सुपर ओभरमा दिल्लीका लागि कागिसो रबाडाले बलिङ गर्दा लोकेश राहुल र निकोलस पुरण ब्याटिङमा आएका थिए । केएल राहुल दुई र निकोलस पुरन शुन्य रनमा आउट भए ।

दिल्लीले तीन बलमा लक्ष्य पुरा गर्‍यो । ऋषभ पन्तले दुई रन जोड्दै दिल्लीलाई जित दिलाए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले पञ्जाबसमक्ष १ सय ५८ रनको लक्ष्य प्रस्तुत गरेको थियो । अन्तिम तीन बलमा पञ्जाबलाई एक रन मात्र चाहिएको थियो ।

तर मार्कस स्टोइनिसको अन्तिम बलमा क्रिस जोर्डन क्याच आउट भएपछि खेल बराबरी हुँदै सुपर ओभरमा पुगेको थियो । दुवै टोलीले ८ विकेट गुमाउँदै १५७ रन जोडेका थिए ।

स्टोइनिस प्लेयर अफ द म्याच पनि घोषित भएका थिए। दिल्लीले आईपीएलको पहिलो खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई बेन्चमा राखेको थियो ।

यसैबीच आईपीएलको तेस्रो खेलअन्तर्गत सनराइजर्स हैदराबाद र रोयल च्यालेन्जर्स ब्याङ्गलोरबीच आज प्रतिस्पर्धा हुँदैछ। उक्त खेल नेपाली समयानुसार साँझ ७ बजेर ४५ मिनेटमा शुरू हुनेछ । कोरोनाभाइरस महामारीका कारण दर्शकको उपस्थितिबिना आईपीएलको आयोजना गरिदैँछ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.