थप ११७२ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा मात्रै ६३७ संक्रमित

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा ११७२ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा देशभरका प्रयोगशालामा ९४४९ जनाको पीसीआर परीक्षण गर्दा ११७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । नेपालमा आजसम्म ६७,८०४ जना कोभिड संक्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा बुधबार प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १८९३ जना डिस्चार्ज भएका छन् । संक्रमितमध्ये ७२.७ प्रतिशत निको भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ४९९५४ रहेको छ ।

काठमाडौं उपत्यकामा मात्रै ६३७ संक्रमित
काठमाडौं उपत्यकामा मात्रै पछिल्लो २४ घण्टामा ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौंमा ४९२, भक्तपुरमा ९५ र ललितपुरमा ५० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.