दिनभरीको प्रयासपछि पृथ्वी राजमार्ग एकतर्फी रुपमा सञ्चालन

धादिङ- वर्षाका कारण दिनभरी अवरुद्ध पृथ्वी राजमार्गका एकातर्फी रुपमा संञ्चालनमा आएको छ । अबिरल वर्षाका कारण राजमार्गका ठाँउ ठाँउमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

धादिङको गजुरी गाउँपालिकास्थित गलौदीमा मध्यान्ह दुई बजेदेखी पहिरो पन्छाई सडक एकातर्फी सञ्चालनमा ल्याईएको हो । त्यसैगरी जवाङ्ग खोलामा खसेको पहिरो पनि पन्छाएर सडक एकातर्फी खुलाइएको छ ।

अहिले पनि राजमार्गभन्दा माथिबाट बगेर आएको लोदोका कारण सडकमा समस्या भने आईरहेको राजमार्ग प्रहरीको जनाएको छ । धादिङको जगरीदेखी जोगिमारासम्म करिव सातओटा डोजर र जेसिभीको प्रयोग गरी सडकको लोदो र पहिरो पन्छाई सडक एकातपर्फी सुचारु गराइएको हो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.