बेङ्ग्लोरको लज्जास्पद हार, सन्दिप सम्मिलित दिल्ली क्यापिटल्स आज साँझ चेन्नईसँग भिड्दै

काठमाडौं- इन्डियन प्रिमियर लिग आइपीएल अन्तर्गत गएराती भएको खेलमा रोयल च्यालेन्जर्स बेङ्ग्लोरले किङ्ग इलेभेन पञ्जावसँग लज्जास्पद हार बेहोरेको छ ।

दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा भएको खेलमा पञ्जावले ९७ रनको फराकिलो जित निकालेको हो । टस जितेर ब्याटिङमा उत्रिएको पञ्जावले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २०६ रन बनाएको थियो ।

पञ्जावका कप्तान केएल राहुलले यो आइपीएलकै सबैभन्दा बढी व्यक्ति रन बनाउन सफल भए । ओपनर ब्याट्सम्यानका रुपमा आएका उनले ६९ बलमा १३२ रन जोड्दै अविजित रहे ।

२०७ रनको लक्ष्य लिए मैदानमा उत्रिएको क्याप्टन विराट कोहलीको बेङ्ग्लोर भने १७ ओभर सकिंदा १०९ रनमा अलआउट भएपछि यो जित पञ्जावको हातमा गएको हो ।

कप्तानको रुपमा उत्कृष्ट ब्याटिङ गरेवापत केएल राहुल म्यान अफ द म्याच बनेका थिए । आजै साँझ ७.४५ बजे नेपाली क्रिकेटर सन्दिप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्सले चेन्नाई सुपर किङ्ससँग दुबईको इन्टरनेशनल स्टेडियममा खेल्दैछ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.