आईपीएल क्रिकेटः सनराईजर्सलाई हराउँदै कोलकाता नाईट राइडर्स सात विकेटले विजयी

इन्डियन प्रिमियर लिग- आईपीएल टी-ट्वान्टी क्रिकेटअन्तर्गत गएराति भएको खेलमा कोलकाता नाईट राइडर्स विजयी भएको छ ।

यूएईको शेख जायद रंगशालामा भएको खेलमा सनराईजर्स हैदराबादलाई सात विकेटले पराजित गर्दै कोलकाताले प्रतियोगितामा आफ्नो पहिलो जित दर्ता गरेको छ।

टस जितेर ब्याटिङ रोजेको हैदराबादले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १४२ रन जोड्न सफल भयो । १ सय ४३ रनको लक्ष्य पाएको कोलकाताले उक्त लक्ष्य १८ ओभरमा मात्र ३ विकेटको क्षतिमा १२ बल बाँकी छँदै पूरा गर्‍यो ।

कोलकाताका लागि शुभमन गिलले अविजित रहँदै ७० रन र इयोन मोर्गनले ४२ रनको योगदान गरे । आईपीएलमा हैदराबादको यो लगातार दोस्रो हार हो। पहिलो खेलमा हैदराबाद रोयल च्यालेन्जर्स ब्याङ्गलोरसँग पराजित भएको थियो ।

यसैबीच आईपीएलअन्तर्गतको नवौँ खेलमा आज राजस्थान रोयल्स तथा किङ्ग्स इलेभन पञ्जाबबीच प्रतिस्पर्धा हुँदैछ। शारजाह क्रिकेट रंगशालामा हुने उक्त खेल नेपाली समयानुसार साँझ ७ बजेर ४५ मिनेटमा शुरू हुनेछ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.