बैकल्पिक राजमार्ग- लाँकुरी भञ्याङ-चौकी डाँडा सडकको काममा तिब्रता

काभ्रे- लाँकुरीभज्याङ–कुशादेवी–पनौती–नमोबुद्ध–चौकी डाँडा सडक निर्माणले यतिखेर तिव्रता पाएको छ ।

ललितपुर जिल्लाको ग्वार्को हुँदै काभ्रेजिल्लाको चौकी डाँडाको बीपी राजमार्ग जोडिने यो सडक बैकल्पिक मार्गको रुपमा निर्माण गरिएको हो ।

संघीय सरकारको समपुरक बजेटबाट सञ्चालितआयोजनाबाट निर्माण भइरहेको सो आयोजनालाई काठमाडौंबाट बाहिरिने र उपत्यका भित्रिने महत्वपूर्ण मार्गको रुपमा लिएको प्रदेश नीति तथा योजनाआयोगले जनाएको छ ।

बागमती प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालय र भौतिक पूर्वधार विकास मन्त्रालयबाट करिब ६१ करोड विनियोजन भई निर्माण कार्य भइरहेको यो सडकखण्डको र्‍यालेदेखि दाहालटारसम्मको १६ किलोमिटरको स्तर उन्नती कार्य भइरहेको छ ।

यो सडक सञ्चालनमा आएपछि अरनिको र विपी राजमार्गमा सवारी चाप कम हुनेछ । जसले सडक खण्डको नमोबुद्ध नगरपालिका वडा न ९, १० र ११ का बासिन्दा, रोशीगाउँपालिकाका १, २, ३, ४ र ५ नम्बर वडाका बासिन्दालाई सहज हुने भएको छ ।

नेपाल सरकारले १२८ बैकल्पिक राजमार्ग बनाउँदै छ । यो सडक पनि बैकल्पिक राजमार्ग अन्तर्गत निर्माण भइरहेको हो ।

जिल्ला कै तेस्रो ठूलो सडकको रुपमा निर्माण भइरहेको सडक ११ मिटर चौडाईको हुनेछ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.