राष्ट्रिय खेलाडी र पूर्व राष्ट्रिय खेलाडीलाई उपचार सहयोग

काठमाडौं- राष्ट्रिय खेलाडी कल्याणकारी कोषले राष्ट्रिय खेलाडी र पूर्व राष्ट्रिय खेलाडीलाई उपचार खर्च प्रदान गरेको छ ।

कोषले एथलेटिक्स, बास्केटबल, जुडो र कबड्डीका गरी चार जनालाई जम्मा ४ लाख रुपैयाँ प्रदान गरेको हो । कोषबाट एथलेटिक्सका पूर्व राष्ट्रिय खेलाडी रविनकुमार राईको परिवारलाई १ लाख रुपैयाँ सहयोग गरिएको राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ । क्यान्सर रोगबाट पीडित राईको गत साउन १९ गते निधन भएको थियो ।

उक्त रकम राईकी धर्मपत्नी मन्जु श्रेष्ठ राईलाई हस्तान्तरण गरिएको छ । स्व. राईका ८ वर्षीय छोरा संकल्प पनि आँखाको क्यान्सरबाट पीडित छन् । आँखाको क्यान्सरका कारण उनको दुवै आँखाको ज्योति पनि गुमेको छ ।

यस्तै बास्केटबलकी सविता खड्कालाई १ लाख २५ हजार, जुडोका पूर्व खेलाडी पृथ्वी आलोकलाई १ लाख र कबड्डीकी मनीषा विष्टलाई ७५ हजार रुपैयाँ प्रदान गरिएको थियो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव एवं कोषका अध्यक्ष रमेशकुमार सिलवालले उनीहरुलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गर्नुभएको हो । चेक हस्तान्तरण गर्दै राखेपका सदस्य सचिव एवं कोषका अध्यक्ष सिलवालले आफ्नो जीवन नै खेलक्षेत्रमा समर्पित गरेका खेलाडीहरुले औषधि उपचार नपाएर मर्नुपर्ने अवस्था आउन नदिने बताउनु भयो ।

कल्याणकारी कोष २०६८ सालमा समस्यामा परेका खेलाडीलाई सहयोग गर्ने उद्देश्यले स्थापना गरिएको नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष समेत रहनुभएका कोषका सदस्यसचिव दीपक श्रेष्ठले बताउनुभयो । कोषमा जम्मा गरिएको रकमको व्याजबाट समस्यामा परेका खेलाडीलाई आर्थिक सहयोग गरिदै आएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.