दक्षिण एशियाकै ठुलो गाई फार्म सञ्चालनका लागि बाग्मती सरकारको चासो

दोलखा- दक्षिण एशियाकै सबैभन्दा ठुलो गाई फार्म सञ्चालनका लागी बाग्मती प्रदेश सरकारले चासो देखाएको छ । ६ वटा सामुदायिक वनको १५ सय हेक्टर क्षेत्रफलमा सञ्चालन गर्न लागिएको गाई फार्मको प्रदेशस्तरीय टोलीले स्थलगत अवलोकन गरी सम्भाव्यता अध्ययन गरेको छ ।

भिमेश्वर नगरपालिकाको वडा नम्बर ८ बोचमा ८ वर्षअघि करिब २ करोड रुपैयाँको लागतमा निर्माण गरेको गाईफार्म २०७२ को भुकम्पलेक्षति पुर्‍याएपछि अलपत्र छोडिएको छ ।

गाई फार्म सञ्चालनका लागी चीन सरकारसँग सम्झौता भइसकेकाले वाग्मती प्रदेशकै १३ वटा जिल्लामा पुगेर सम्भाव्यताअध्ययन गरिसकेपछि प्रक्रिया अगाडी बढ्ने प्रदेश स्तरीय स्टेरिङकमिटीका सदस्य डा. नारायण कुमार श्रेष्ठले बताउनुभयो ।

दैनिक डेढलाख लिटर दुध उत्पादन गर्ने लक्ष्यसहित २०६८ सालदेखि काम सुरु गरेको कालिञ्चोक काउ फर्म एण्ड रिसर्च सेन्टरले ६ सय क्षमताको गाई फार्म सञ्चालन गर्ने गरी संरचना निर्माण गरेको थियो ।

गाई फार्म सञ्चालनको लागी दोलखाको विभिन्न ठाउँमा सम्भाव्यता अध्ययन भइरहेको प्रदेश सांसद पशुपति चौलागाईले बताउनुभयो ।

पब्लिक प्राइभेट पार्टनरशीप पद्धतीबाट सुरु गरिएको गाई फार्ममा २२ करोड ३८ लाख ५० हजार खर्च भइसकेको काउ फार्मका सञ्चालक रामकुमार खडकाले बताउनुभयो ।

गाईपालनका लागी अत्याधुनिक बनेको गोठको भुई, छाना र भित्तामा काठको फ्लोरिङ ओछ्याएको छ, तर तयार हुन लागेको करौडो लगानीको गोठ ५ वर्षअघिको भुकम्पले क्षति पुर्‍याएको थियो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.