मोरङमा १२ दिने निषेधाज्ञा

मोरङ– जिल्ला प्रशासन कार्यालय मोरङले कोरोना महामारीका कारण चाडपर्वलाई ध्यानमा राखेर १२ दिने निषेधाज्ञा जारी गरेको छ ।

चाडपर्वमा हुने भिडभाड नियन्त्रण गर्ने उद्देश्यले कार्तिक ३ गते देखि कार्तिक १५ गते सम्मका लागि जारी गरिएको निषेधाज्ञामा जिल्लाभरीका मठमन्दिर, शक्तिपिठ, मस्जिद, गुम्बा र चर्चहरुमा गरिने सामुहिक पूजा र प्रार्थनामा निषेध गरेको छ । यसैगरी राति ८ बजे देखि बिहान ५ बजे सम्म मुख्य राजमार्ग बाहेक अन्य सडकमा सवारी संचालनमा रोक लगाएको छ ।

जारी निषेधाज्ञामा शुभकामना आदानप्रदानका नाममा भेला वा चियापान कार्यक्रममा रोक लगाउनुका साथै शिलान्यास, उद्घाटन, प्रशिक्षण तथा सभा सम्मेलन जस्ता सामुहिक जमघटमा पनि रोक लगाएको उल्लेख छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.