लोबुचे र मनास्लु आरोहरण गरेर बहराइनका राजकुमार काठमाडौंमा

काठमाडौं– बहराइनका राजकुमार शेख मोहम्मद हमाद मोहम्मद अल खलिफा सहितको टोलीले सोलुखुम्बुस्थित लोबुचे तथा उत्तरी गोरखाको मनास्लु हिमालको सफल आरोहण गरि फर्केको छ।

राजकुमार शेख मोहम्मद सहितको टोलीले ६ हजार १ सय १९ मिटर अग्लो लोबुचे र ८ हजार १ सय ५६ मिटर अग्लो मनास्लु हिमालको सफल आरोहण गरेको हो।

सो टिममा बहराइन र बेलायतका पर्वतारोहीहरु सहभागी हुनुहुन्थ्यो।

हिमाल आरोहणका लागि राजकुमार सेख मोहम्मद सहितको १८ जनाको टोली गत भदौ ३१ गते नेपाल आएको थियो ।

कोरोना महामारीकै बीचमा नेपाल सरकारको मन्त्री परिषद्ले विशेष निर्णय गरेर राजकुमार शेख मोहम्मद सहितको टोलीलाई आरोहणको अनुमति दिने निर्णय गरेको थियो।

सन् २०२० लागेयता नेपालको हिमाल आरोहण भएको यो पहिलोपटक हो ।

सेभेन समिट ट्रेक्समार्फत उहाँहरु आरोहणका लागि जानु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.