फाइनल यात्राको लागि दिल्ली क्यापिटल्स र सन् राइजर्स हैदराबादबीच खेल हुँदै

काठमाडौं- आइपीएल क्रिकेटको १३ औं संस्करण अन्तर्गत आज फाइनल यात्राको लागि दिल्ली क्यापिटल्स र सन् राइजर्स हैदराबाद बीच खेल हुँदैछ ।

आबुधाबीस्थित जायिद क्रिकेट रंगशालामा हुने यस संस्करणको दोस्रो क्वलिफायर अन्तर्गत यी दुई टिम भिड्न लागेका हुन् ।

आज राति नेपाली समय अनुसार ७:४५ बजे खेल हुँदैछ ।

आज  जित्ने टिमले फाइनलमा आइपीएल उपाधिका लागि साबिक बिजेता मुम्बाई इन्डियन्ससँग खेल्नेछ।

यसअघि भएको पहिलो क्वालिफायरमा साविक विजेता मुम्बाई इन्डियन्सले दिल्ली क्यापिटल्सलाई ५७ रनले हराएर आइपीएल  २०२० को  फाइनलमा प्रवेश गरिसकेको छ ।

मुम्बाई इन्डियन्सले यसअघि ४ पटक आइपीएल उपाधि जितिसकेको छ ।

त्यस्तै सनराइज़र्स हैदराबादले बिराट कोहलीको टिम रोयल चैलेंजर्स बैंगलौरलाई ६ विकेटले हराउँदै आजको क्वलिफायर स्थान पक्का गरेको हो ।

आइपीएलको फाइनल खेल पर्सि मंगलबार हुनेछ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.