पूर्व कप्तान पारस दशककै उत्कृष्ट एसोसिएट खेलाडी पुरस्कारका लागि मनोनित

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलिका पूर्व कप्तान पारस खड्का अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीको दशकको उत्कृष्ट एसोसिएट खेलाडी पुरस्कारका लागि मनोनित भएका छन् ।

पारस सँगै ‘आईसीसी पुरुष एसोसियट प्लेयर अफ द डेकेड’ पुरस्कारलाई ६ खेलाडी मनोयनमा परेका छन् । अन्य खेलाडीमा स्कटल्याण्डका कायल कोट्जेर, कालुम मक्लोइड र रिची बेरीङटन यस्तै पपुवा न्युगिनीका असाद भाला र नेदरल्यान्ड्सका पिटर बोरेन रहेका छन् । इन्टरनेटमार्फत विश्वब्यापी मतदानको आधारमा विजेताको नाम छनोट गरिने आईसीसीले जनाएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.