आज १२५५ जना संक्रमित थपिए

काठमाडौं- नेपालमा आज थप १२५५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । योसँग कुल संक्रमितको संख्या २ लाख ३१ हजार ९ सय ७८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिक गर्दै देशभरका प्रयोगशालामा ९३६८ जनाको पीसीआर परीक्षणमा १२ सय ५५ जनामा संक्रमण पुष्टी भएको जनाएको हो । हालसम्म सक्रिय संक्रमितको संख्या १७ हजार ९०९ जना रहेका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १४ सय ४ जना सङ्क्रमित निको भएका छन् । यो समेत हालसम्म २ लाख १२ हजार २५९ जना सङ्क्रमित निको भइसकेका छन् ।

यसैगरी मन्त्रालयले पछिल्लो चौबीस घण्टामा २५ जना सङ्क्रमितको मृत्यु भएको उल्लेख गरेको छ ।
योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट १४ सय ७९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.