शान्ति सुरक्षा बिना विकास असम्भवः प्रदेश कानून मन्त्री जम्कट्टेल

काभ्रे- बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलले शान्ति सुरक्षा बिना विकास असम्भव रहेको बताउनुभएको छ ।

बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा काभ्रेपलाञ्चोक जिल्लाको भुम्लु गाउँपालिका वडा न ७ को फलाटेमा बनेको नवर्निमित प्रहरी चौकी भवनको उद्घाटन कार्यक्रममा बोल्नुहुँदै उहाँले मुलुकलाई समृद्ध बनाउने हो भने शान्ती सुरक्षा आवश्यक रहेको बताउनुभयो ।

मन्त्रि जम्कट्टेलले बागमती प्रदेश सरकारले प्रदेशका १० जिल्लाका ४७ प्रहरी भवन निर्माण गरिरहेको र अझै अपुग भएका ३७ भवन थपका लागि कार्य अगाडि बढाइरहेको जानकारी दिनुभयो ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाका प्रमुख बसन्तकुमार लामाले बाग्मती प्रदेश सरकारले ठूलो संख्यामा प्रहरीहरुको संरचनाहरु निर्माण गरेको बताउनुहुँदै एकै बर्षमा ४७ ओटा संरचना निर्माणधिन रहेको र ३७ ओटाको लागी बजेट व्यवस्थापन गरिएको बताउनुभयो ।

प्रदेश प्रहरी भौतिक पुर्वाधार शाखाका प्रहरी निरीक्षक बिमलादेबी श्रेष्ठले फलाटे प्रहरीचौकी दुई करोड ३१ लाख ७० हजार रुपियाँमा निर्माण सम्पन्न भएको जानकारी दिनुभयो । कार्यक्रममा जग्गा उपलब्ध गराउने तथा भवन निर्माणमा सहयोग गर्नेहरुलाई मन्त्री जम्कट्टेलले प्रमाणपत्र दिएर सम्मान गर्नुभएको थियो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.