महासचिवलाई जन्मदिनको केक खुवाएर शुरु भयो नेकपा सचिवालय बैठक

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक शुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको बैठकमा प्रधानमन्त्रीसमेत रहनुभएका पार्टी अध्यक्ष केपी शर्मा ओलीले यसअघिको बैठकमा पेश गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि छलफल हुनेछ ।

बैठकको शुरुमा महासचिव बिष्णु पौडेलको जन्मदिनको अवसरमा उहाँलाई दुबै अध्यक्ष र सचिवालयका अरु सदस्यहरुले केक काटेर खुवाउनुभएको थियो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सुर्य थापाले अध्यक्षद्वय र सचिवालयका सदस्यहरुले महासचिवलाई केक खुवाएको तस्वीरसहितको समाचार ट्वीट गर्नुभएको छ ।

मंसिर ३ गतेको बैठकमा प्रस्तुत प्रस्तावको अध्ययन गरी आवश्यक छलफल तथा गृहकार्य समेत गरेर  बैठक बस्ने निर्णय भएको थियो ।

यसअघिको बैठकमा प्रधानमन्त्री ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालले आफूमाथि लगाएका आरोपबारे लिखित जवाफ दिनुहुँदै कात्तिक २८ गतेको सचिवालय बैठकमा प्रस्तुत गरिएको प्रस्ताव अस्वीकार गर्दै फिर्ता लिन आग्रह गर्नुभएको थियो ।

नेकपा सचिवालयमा दुई जना अध्यक्षको फरक फरक प्रस्ताव पेश भएका छन । यी दुबै प्रस्तावमा एकले अर्कालाई विभिन्न बुँदामा आरोप प्रत्यारोपको भाषा प्रयोग भएपछि विवाद चर्किँदै गएको छ ।

प्रधानमन्त्री तथा अध्यक्ष ओलीले आफूमाथि लगाइएको आरोप झुठा भएको भन्दै फिर्ता लिन अर्का अध्यक्ष प्रचण्डलाई आग्रह गर्नुभएको छ । तर प्रस्ताव फिर्ता लिने नलिने विषयमा अध्यक्ष प्रचण्डले केही प्रतिकृया दिनुभएको छैन ।

पार्टिका दोश्रो पुस्ताका नेताहरु भने दुई फरक प्रस्तावले पार्टीमा विभाजनको रेखा देखिएको भन्दै सचिवालयबाट साझा प्रस्ताव बनाउनुपर्ने अडानमा छन ।

नेकपा स्थायी कमिटिको बैठक यही मंसिर १८ गते र केन्द्रिय कमिटिको बैठक यही मंसिर २५ गते बस्ने मिति यसअघि नै तय भैसकेको छ । सचिवालयमा साझा प्रस्ताव बन्न नसके दुबै अध्यक्षका प्रस्तावहरु यी कमिटिहरुमा प्रस्तावहरु जानेछन ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.