वरिष्ठ नेता पौडेलको गिरफ्तारीप्रति सभापति देउवाको आपत्ति

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि गिरफ्तारी भएको भनी आपत्ति प्रकट गर्नुभएको छ ।

कांग्रेसले तनहुँको व्यास नगरपालिकाको वडा नं १ र ११ जोड्ने बुल्दी खोलामा निर्माण सम्पन्न पुलको आज उद्घाटन गर्न जाने क्रममा वरिष्ठ नेताप्रति प्रहरी प्रशासनबाट दुव्र्यहार गरिएको आरोप पनि लगाएको छ ।

उक्त पुलको स्थानीय उपभोक्ता समितिले सर्वसम्मत रुपमा निर्णय गरेर निमन्त्रणा गरेपछि वरिष्ठ नेता पौडेल उद्घाटन गर्न जानुभएको पार्टी कार्यालयले जनाएको छ ।

उहाँले घटनाको विरोध गर्नाका साथै कांग्रेसले एक ढिक्का भएर सशक्त प्रतिरोध गर्ने चेतावनीसमेत दिनुभएको छ । यसैबीच काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले पार्टी वरिष्ठ नेता पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको भन्दै विरोध प्रदर्शन गरेको छ ।

नेविसङ्घ केन्द्रीय समितिले आज साँझ काठमाडौँको माइतीघरमा गरेको प्रदर्शनपछिको सभामा अध्यक्ष राजीव ढुङ्गानाले पौडेललाई पक्राउ गरेर सरकारले निषेधको राजनीति गरेको आरोप लगाउनुभयो ।

नेविसङ्घका महामन्त्री उर्मिला थपलिया र युवराज पाण्डे, नेता बलदेव तिमल्सिनालगायतले वरिष्ठ नेतालाई नियन्त्रणा लिएको घटनाको निन्दा गर्दै घटनामा संलग्नलाई कारबाही गर्न माग गर्नुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.