पश्चिम नवलपरासीमा कल्भर्ट निर्माणमा भारतीय पक्षको अवरोध

नवलपरासी- पश्चिम नवलपरासीमा कल्भर्ट निर्माणमा भारतीय पक्षले अवरोध गरेको छ ।

प्रतापपुर गाँउपालिका वडा नम्बर ६ को कठहवास्थित दशगजा नजिक सुरु भएको कल्भर्ट निर्माणको काम भारतीय सिमा सुरक्षा बल (एसएसबी) को अवरोधका कारण सोमबारदेखि रोकिएको हो । प्रतापपुरको बेलाटारी देखि कठहवासम्म साढे नौ किलोमिटर हुलाकी सडक कालोपत्रे गर्ने क्रममा कल्भर्ट निर्माण थालिएको थियो ।

तर भारतीय सिमा सुरक्षा बलले निर्माण थालेको दश दिन पछि काममा अवरोध सृजना गरेको निर्माणको जिम्मा पाएको कन्टेक प्रालिका साइट ईन्चार्ज दिपक थापाले जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले सरकारी निकाय बाट नापजाँच गरी सो भूमि दशगजा क्षेत्रमा पर्छ वा पर्देन भन्ने यकिन गरेर अगाडि बढ्ने जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.