फेवाताल घुम्न आउने पर्यटक बढे

पोखरा– पोखराको धार्मिक पर्यटकीयस्थल तालबाराही मन्दिर खुलेसँगै फेवाताल घुम्न आउने पर्यटक बढेका छन् ।

लामो समयदेखि बन्द रहेको फेवातालको बीचमा रहेको ताल बाराही मन्दिर खुलेपछि आन्तरिक पर्यटकहरुको चहलपहल बढेको हो । पोखरा घुम्ने पर्यटकमध्ये धेरैका लागि पहिलो रोजाईमा पर्ने फेवातालमा यसअघि हरेक दिन ५ हजार जनाको हारहारीमा पर्यटकहरु घुम्न जाने गरेका थिए ।

पछिल्लो समय बाराही मन्दिरसम्म पुग्ने पर्यटक र ताल सयर गर्ने अन्य पर्यटक गरी ४ सयदेखि ५ सय जनासम्म आउने गरेका छन् । फेवातालमा दैनिक डुङ्गा चलाएर आय आर्जन गरिरहेका ३ सय भन्दा बढी डुङ्गाचालकहरुले स्वास्थ मापदण्डको पालना गरी ब्यबसायलाई पुरानै लयमा फर्काउन थालेको ब्यबसायीहरुले बताएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.