बर्षौंपछि विद्यालय जाँदैछन बाङ्गेका बाललबालिका

धादिङ- दक्षिणी धादिङको विकट मानिने गजुरी गाउँपालिकाको बाङ्गे गाँउका करिव एक सय जना बालवालिकाहरु बल्ल विद्यालय जान पाएका छन् ।

गाँउ निकै विकट भएकोले यहाँका बालबालिकाहरु आधारभूत तहको शिक्षाबाट समेत बञ्चित थिए । गाँउमा विद्यालय नै नभएकाले त्यहाँका अधिकांश बालवालिका विद्यालय शिक्षाबाट बञ्चित भएका हुन ।

तर अहिले गाउँपालिकाले यहाँ विद्यालय सञ्चालनका लागि दुई कोठे पक्कि भवन निर्माण गरिदिएपछि बालवालिकाहरुका लागि आधारभुत शिक्षाको कक्षा सुरु भएको छ ।

विद्यालय जान पाउँदा बालवालिकाहरु निकै खुशी देखिएका छन् ।

पञ्चकन्या आधारभूत विद्यालय नामकरण गरिएको उक्त विद्यालयमा अहिले ७३ जना बालवालिकाहरु कक्षा एकदेखि तीनसम्म अध्ययन गर्न आउने गरेका छन् ।

उनीहरुका लागि पर्याप्त  कक्षा र शिक्षकहरु नभएका कारण भने अध्ययन अध्यापनमा निकै समस्या उत्पन्न हुने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश तामाङ्ग बताउनु हुन्छ ।

सो विद्यालयका लागि शिक्षकको दरवन्दी समेत छैन । अधिकांश तामाङ्ग समुदायका बालवालिकाहरु अध्ययनका गर्ने यो विद्यालयमा अहिले बाल शिक्षिकासहित दुई जनाले विद्यालय चलाएका छन ।

कक्षा कोठा अभावका कारण जस्तापाताले  छेकेर कक्षा संञ्चालन गरिएको भएपनि अब भवन चाहिँ बनेको छ ।

तर कक्षा कोठामा फर्निचर र कालो पर्टिको भने उतिच ब्यवस्था अझै भएको छैन ।

बल्ल तल्ल विद्यालय भवन स्थानीय तहले बनाइदिएपछि बालवालिकाहरुलाई आवश्यक पर्ने शैक्षिक सामग्रीहरु भने शिक्षा क्षेत्रमा काम गर्दै आएको ‘प्रयास नेपाल’ नामक एक गैर सरकारी संस्थाले उपलब्ध गराएको छ ।

बाङ्गे गाँउमा  विपन्न बर्गका तामाङ्ग समुदायका मानिसहरु बसोवास गर्ने भएकोले शैक्षिक सामग्रीको अभावले गर्दा कुनैपनि विद्यालय उमेरका बालवालिकाहरु विद्यालय आउनबाट बञ्चिन नहुन भनेर यो सहयोग गरेको सो संस्थाले जनाएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.