कृषि क्षेत्रमा वैदेशिक लगानी भित्र्याउने निर्णय फिर्ता लिन व्यवसायीको आग्रह

काठमाडौं- कृषि क्षेत्रमा वैदेशिक लगानी भित्र्याउने सरकारको निर्णय कृषक र व्यवसायीको हित विपरीत भएको भन्दै कृषि व्यसायीहरुले विरोध जनाएका छन् ।

काठमाडौंमा डेरी उद्योग संघ, लगायत दुग्ध व्यवसायीले गरेको संयुक्त पत्रकार सम्मेलनमा डेरी लगायत कृषिमा प्रत्यक्ष वैदेशिक लगानी ल्याउने निर्णय अविलम्ब फिर्ता लिन सरकार समक्ष माग गरिएको हो ।

कृषि क्षेत्रमा शर्तसहित वैदेशिक लगानी आउँदा ठूलो जनसंख्याको आयस्रोत गुम्ने खतरा रहेको भनाई सरोकारवालाहरुको छ ।

वैदेशिक लगानी भित्र्याउने गरी भएको निर्णयले ग्रामीण रोजगारीमा असर पर्ने, यस पेसामा आवद्ध व्यवसायीलाई मजदुर बनाउने र त्यसको लाभ विदेशी लगानीकर्ताको हातमा जाने नेपाल डेरी एशोसिएसनका अध्यक्ष राधाकृष्ण सापकोटाले बताउनुभयो ।

हाल नेपालमा माहुरीपालनमा ४ अर्ब, माछापालनमा करिब ११ अर्ब, डेरी उधोगमा ३० अर्ब दाना तथा कुखुरापालनमा ४० अर्ब गरी कुल ८५ अर्बको लगानी भई करीब १५ लाख भन्दा बढी कृषक तथा श्रमिकहरुमा रोजगारी श्रृजना भइरहेको दावी व्यवसायीहरुले गरेका छन् ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.