काठमाडौंको मौसममा सुधार, विराटनगरमा भने प्रदुषण अत्यधिक

काठमाडौं– काठमाडौं उपत्यकाको मौसममा सुधार आएको छ। केही दिनदेखि बाक्लो हुस्सु लागेर वायु प्रदूषण बढेको उपत्यकामा हिजो बिहानदेखि बादल हटेर घाम लागेको छ।

उता विराटनगरमा भने वायु अझै प्रदुषित पाइएकोले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन विराटनगर महानगरपालिकाले र्सवसाधारणहरुलाई अपिल गरेको छ ।

वायु प्रदुषणका कारण जनस्वास्थ्यमा असर पर्ने भएकाले फोहोर जलाउने कार्य बन्द गर्न र फोहोरको उचित व्यवस्था गर्न आग्रह गरिएको छ । यसैगरी मर्निङ वाक नजान वा घर बाहिर गरिदै आएको व्यायाम रोक्न आग्रह गरिएको छ ।

सामान्यतया हावामा प्रदुषणको मात्रा ५० सम्मलाई राम्रो मानिन्छ । बुधबार दिउँसो विराटनगरको वायु प्रदुषणको अवस्था एयर क्वालिटी इण्डेक्स १५७ पुगेको विराटनगर महानगरपालिकाले जनाएको छ । ४ दिन अघि विराटनगरको एयर क्वालिटी इण्डेक्स २१० सम्म पुगेको थियो । वायु प्रदुषणका कारण बालबालिका र वृद्धवृद्धा तथा श्वासप्रश्वास सम्बन्धि र मुटुका विरामीहरु बढी प्रभावित हुने गरेको चिकित्सकहरुले बताएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.