जैविक विषादी तयार र प्रयोग सम्बन्धि तालिम

मुगु- पछिल्लो समयमा कृषि उत्पादनमा लाग्ने रोग कीरा नियन्त्रणका लागि रासायनिक विषादिको प्रयोग बढ्दै जान थालेकाले यसको दीर्घकालिन असरबाट बच्न स्थानिय जैविक विषादी निर्माणको थालनि गरिएको छ ।

जिल्ला कृषि विकास कार्यालय मुगुले छायानाथ रारा नगरपालिका वडा नं.-४, कालापाल्तका सदरमुकाम गमगढी लगाएतका ठाँउहरुमा तरकारी तथा फलपूल आपुर्ति गर्दै आएका सक्रिय महिला किसानहरुलाइ पहिलो पटक २ दिने जैविक विषादी तयार र प्रयोग सम्बन्धि तालिम दिएको छ ।

मुगु सडक संजालमा जोडिएपछि आयातित वस्तुहरुको अत्यधिक प्रयोग संगै यहाँका किसानहरुले रासायनिक विषादीको समेत प्रयोग बढाउन थालेका थिए ।

रासायनिक विषादी खरिद गर्न एकातिर आर्थिक नोक्सान र अर्कोतर्फ त्यसको प्रयोगबाट वातावरणमा दीर्घकालिन असर पर्ने भएकाले स्थानियस्तरमा खेर गैरहेका विभिन्न वनस्पति र जडिबुटीबाट जैविक विषादी निर्माण गर्दा किसानहरुलाइ सहज हुने कृषि विकास कार्यालय मुगुका प्रमुख कमल बहादुर सुनारले बताउनुभयो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.