आनका नवनिर्वाचित पदाधिकारीलाई नेपाल टेलिभिजनमा स्वागत

काठमाडौं– नेपाल विज्ञापन संघ (आन)का नवनिर्वाचित पदाधिकारीहरुको सम्मानमा नेपाल टेलिभिजनमा एक स्वागत तथा बधाइ कार्यक्रमको आयोजना गरियो ।

कार्यक्रममा नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टले संघका अध्यक्ष सोमप्रसाद धिताल लगायत कार्यसमितिका सदस्यहरुलाइ स्वागत गर्नुभयो । सो अवसरमा कार्यकारी अध्यक्ष डाक्टर विष्टले नेपालको विज्ञापन क्षेत्रमा नीति नियम र संरचना जस्ता विषयमा उल्लेख्य सुधार भइरहेको बताउँदै यसलाई थप व्यवस्थित गर्दै बजारलाई परिष्कृत र फराकिलो बनाउनुपर्ने आवश्यकतामा जोड दिनुभयो । उहाँले नेपाल टेलिभिजन र नेपाल विज्ञापन संघ बीचको कार्यगत एकता भोलिका दिनमा पनि थप सुदृढ हुँदै जाने विश्वास व्यक्त गर्नुभयो ।

महाप्रबन्धक गोविन्द रोकाले नेपालमा क्लिन फिड लागु भइसकेको सन्दर्भमा विज्ञापन संघको जिम्मेवारी अरु बढेको बताउनुभयो ।

संघका नवनिर्वाचित अध्यक्ष सोमप्रसाद धितालले टेलिभिजनको क्षेत्रमा नेपाल टेलिभिजन उत्कृष्ट पाठशाला र धरोहर रहेको बताउँदै समय अनुसार नेपाल टेलिभिजनका कन्टेन्ट र प्रस्तुतिमा थप सुधार गर्दै जानु उपयुक्त हुने विचार व्यक्त गर्नुभयो ।

नेपाल विज्ञापन संघको यो दशौं कार्यकारी समिति हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.