चेल्सी विजयी

इङ्ग्लिश प्रिमियर लिगअन्तर्गत गएराति भएको खेलमा चेल्सी विजयी भएको छ।

लिगको रेलिगेशन जोनमा रहेको फूलह्यामलाई शून्यका विरुद्ध एक गोलले हराउँदै चेल्सी विजयी भएको हो। फूलह्यामको घरेलु मैदानमा भएको खेलमा चेल्सीले खासै राम्रो प्रदर्शन गर्न सकेन र प्राप्त गरेका अवसरहरू पनि गोलमा परिणत गर्न सफल भएन। दोस्रो हाफको ७८ औं मिनेटमा मेसन माउन्टले गरेको गोल नै निर्णायक गोल बन्न पुग्यो।

जितसहित चेल्सी २९ अंक सहित अंक तालिकाको सातौं स्थानमा उक्लिएको छ भने फूलह्याम १२ अंक सहित १८औँ स्थानमा छ। त्यस्तै गएराति भएको अर्को खेलमा लेस्टर सिटीले साउथह्याम्टनलाई शून्यका विरुद्ध दुई गोलले हराउन सफल भयो।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.