बराबरीमा रोकिंदा लिभरपुल चौथो स्थानमा

साविक विजेता लिभरपुल म्यानचेष्टर युनाइटेडसँग बराबरीमा रोकिएको छ । इङ्लिस प्रिमियर लिगको निकै नै महत्वपूर्ण मानिएको गएराती सम्पन्न खेलमा लिभरपुल युनाइटेडसँग बराबरीमा रोकिएको हो ।

आफ्नो घरेलु मैदानमा भएको खेलमा जीत निकाल्दै शीर्ष स्थानमा रहेको युनाइटेडसँग अंक बराबरी गर्दै आफू शीर्ष स्थानमा उक्लिने लक्ष्य भने लिभरपुलको यो बराबरीले पूरा हुन दिएन ।

अर्को खेलमा भने प्रिमियर लिगको दावेदार म्यानचेष्टर सिटीले आफ्नै घरेलु मैदानमा क्रिष्टल प्यालेसमाथि सानदार जीत निकालेको छ ।

आज बिहान सम्पन्न खेलमा सिटीले क्रिष्टल प्यालेसलाई शुन्यका विरुद्ध चार गोलले पराजित भएको हो । यो जीतसँगै सिटी अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

३७ अंक बोकेर युनाइटेड शीर्ष स्थानमा छ भने सिटी ३५ अंकसहित दोस्रो स्थानमा र लेस्टर ३५ अंकसहित तेस्रो स्थानमा रहेका छन् । लिभरपुल भने यो बराबरीसँगै ३४ अ‌ंकसहित तालिकाको चौथो स्थानमा झरेको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.