मन्त्रीपरिषद्को कार्यालय अब पुनर्निर्मित नयाँ सिंहदरवारमा

काठमाडौं- सिहंदरबार भवनको उत्तर दक्षिण र पूर्वी तीन मोहडाको पुननिर्माण सम्पन्न भएसँगै  प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय हिजोबाट पूनर्निर्मित सिंहदरबार भवनमा सरेको छ । अबदेखि प्रधानमन्त्री कार्यालयको काम कार्वाही पुननिर्मित भवनबाटै हुने छ ।

प्रमुख प्रशासनिक भवन सिंहदरबारको पुनर्निर्माण सम्पन्न भएपछि सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सो भवनमा सरेको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले पूननिर्मित सिहंदरबारको उत्तर दक्षिण र पूर्वी तीन मोहडाको सोमबार उद्घाटन गर्नुभएसँगै प्रधानमन्त्री कार्यालय सो भवनमा सारिएको हो । उद्घाटनपछि सिंहदरबारको डबलीमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री ओलीले सरकारका तीनवर्षे कार्यकालका विषयमा जानकारीसमेत  गराउनुभएको थियो ।

सम्बोधनपछि प्रधानमन्त्री ओली पूननिर्मित आफ्नो कार्यकक्षमा जानुभई केही कार्यसम्पादन समेत गर्नुभएको थियो । हाल सिंहदरबार भवनलाई मौलिक संरचना तथा शैलीलाई कायम राखी भुकम्प प्रतिरोधी हुने गरी पुनःनिर्माण गरिएको छ भने प्रधानमन्त्री कार्यालयको कार्यकक्ष तथा बैठक कक्षहरुमा अन्तर्राष्ट्रियस्तरको सेवा सुविधा रहनेगरी निर्माण गरिएको छ ।

सूचना प्रविधिसहित अत्याधुनिक सुविधा सम्पन्न बनाउन भवनमा आपत्कालीन तथा अग्नि नियन्त्रक संयन्त्र पनि राखिएको छ । आपत्कालिन अवस्थामा एक अर्को कोठामा एकैपटक सुन्न सकिनेगरी ध्वनि प्रणालीको व्यवस्था समेत गरिएको छ । कार्यालयमा २४ सै घण्टा उपलब्ध हुने ताजा हावासहितको वातानुकूलन प्रणालीसमेत जडान गरिएको छ ।

सिंहदरबारको चारवटा मोहोडा मध्ये पश्चिम मोहोडाको पूननिर्माणको पुरानै प्रविधि तथा निर्माण सामग्री प्रयोग गरी प्रबलीकरण भइरहेको छ  ।

असारसम्ममा सक्ने गरी काम भईरहेको पूननिर्माण प्रधिकरणले जनाएको छ । ४६ करोड ८८ लाखमा शर्मा–गौरी पार्वती–न्यू टेक्निकल जेभीले पश्चिम भागको प्रबलीकरण गरिरहेको छ ।

पश्चिम बाहेकका सोमबार उद्घाटन गरिएका तीन वटा मोहडाको ८७ करोडमा पुनःनिर्माण सम्पन्न गरिएको बताइएको छ  ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.