निकुञ्जमा सातौं ‘महाहन्ट अपरेशन’ सुरु

रसुवा-लाङटाङ राष्ट्रिय निकुञ्जले फागुन महिनाको पहिलो साताबाट ‘महाहन्ट अपरेशन’ सुरु गरेको छ । निकुञ्ज क्षेत्रभित्र हुने अवैध गतिविधि तथा चोरी शिकारी नियन्त्रणका लागि हरेक वर्ष विशेष अभियान अन्तर्गत ‘महाहन्ट’ सञ्चालन गरिएको हो ।

वनजन्य सामाग्रीको अवैध ओसारपसार नियन्त्रण गरेर दुर्लभ वन्यजन्तु र वनस्पतिको संरक्षण गर्नका लागि चार महिना सम्म निकुञ्जका मुख्य क्षेत्रहरुमा अभियान सञ्चालन हुने प्रमुख संरक्षण अधिकृत सुष्मा रानाले बताउनुभयो ।

‘निकुञ्जका अनुसार अपरेशनका लागि थप तीन वटा अस्थायी पोष्ट स्थापना गरी विशेष अभियान अन्तर्गत महाहन्ट सञ्चालन गरिएको निकुञ्जले जनाएको छ । जसमा सिन्धुपाल्चोक जिल्लाको कात्तिके, नुवाकोटको कसेरी र रसुवाको फलाखुमा थप अस्थायी पोष्ट स्थापना गरिने छ ।

चार महिना सञ्चालन हुने अभियानमा एक महिना ‘रिङ अपरेशन’ गरिने छ भने बाँकी तीन महिना ‘कोर अपरेशनु हुनेछ ।

यो निकुञ्ज तीन जिल्लामा फैलिएको छ- जसमा रसुवाको ५७ प्रतिशत, सिन्धुपाल्चोकको ३६ प्रतिशत र नुवाकोटको ७ प्रतिशत भुभाग पर्दछ ।

निकुञ्जमा एक हजार भन्दा बढी वनस्पति, ४६ प्रकारका स्तनधारी जनावर, २ सय पचास भन्दा बढी पंक्षी, तथा ५८ प्रकारका पुतली पाइन्छन।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.