पोर्टोसँग युभेन्टस पराजित

युईएफए च्याम्पियन्स लिग अन्तर्गत सोह्रौं चरणको पहिलो लेगमा युभेन्टस पराजित भएको छ । आज बिहान सम्पन्न खेलमा इटालियन च्याम्पियन युभेन्टस पोर्चुगिज क्लब एफसी पोर्टोसँग १-२ गोलको अन्तरले पराजित भएको छ ।

पोर्टोको घरेलु मैदानमा भएको खेलमा पहिलो हाफको एक मिनेटमै पोर्टोले गोल गर्दै अग्रता लिएको थियो । दोस्रो हाफको ४६औ‌ मिनेटमा दोस्रो गोल गर्दै अग्रतालाई दोब्बर गरेपछि युभेन्टस दवावमा परेको थियो ।

घरेलु लिगमा समेत युभेन्टसले राम्रो नतिजा निकाल्न नसकिरहेको बेला आजको खेलमा पनि रोनाल्डोको जादु चल्न सकेन । अब युभेन्टसले अर्को लेग आफ्नै घरेलु मैदानमा खेल्नेछ ।

त्यसैगरी आज बिहान सम्पन्न अर्को खेलमा सेभिया आफ्नै घरेलु मैदानमा डोर्टमण्डसँग स्तब्ध बन्न पुगेको छ । पहिलो हाफको सातौं मिनेटमा गोल गर्दै अग्रता लिएको सेभियालाई पहिलो हाफमै लगातार तीन गोल गर्दै डोटमण्डले एक गोलका विरुद्ध तीन गोलको फराकिलो जीत निकालेको हो । अब डोर्टमण्डले अर्को लेग आफ्नै घरेलु मैदानमा सेभियासँग खेल्नेछ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.