भ्रष्टाचार आरोपमा इञ्जिनियर पक्राउ, स्थानीयले हिसाब माग्दा अरु कर्मचारीले कामै छाडे

धादिङ- भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फागुन ४ गते इञ्जिनियर पूजा कार्कीलाई रंगेहात पक्राउ गर्‍यो । पहिलेदेखि नै आफ्नो पालिकामा भ्रष्टाचार भएको दाबी गर्दै आएका स्थानीयबासीले हिसाब किताब पारदर्शीरुपमा देखाउन माग गरे ।

स्थानीयले सूचनाको अधिकार प्रयोग गर्दै धादिङको गंगा जमुना गाउँपालिकामा निरन्तर हिसाब किताब माग गर्न थालेपछि कर्मचारीहरुले ‘काम गर्ने वातावरण नभएको’ भन्दै काम छाडे । जनप्रतिनिधिसहित कर्मचारीले काम छाडेर जिल्ला प्रशासन कार्यालयमा हाजिरी गर्ने व्यवस्था मिलाइदिन अनुरोध गर्दै सदरमुकाम पुगेपछि स्थानीय झन् आक्रोसित भएका छन् । उनीहरुले कार्यालयमा तालाबन्दी गर्दै आफ्नो अडानबाट पछाडि नहट्ने संकेत गरेका छन् ।

फागुन ४ गते धादिङको गंगा जमुना गाउँपालिकामा कार्यरत इञ्जिनियर पूजा कार्कीलाई अख्तियारबाट खटिएको विशेष टोलीले निजी निवासबाटै पक्राउ गरेको थियो ।

कर्मचारीलाई आर्थिक गतिविधि पारदर्शी बनाउन माग गर्दै आएका स्थानीयले गाउँपालिकामा तालाबन्दी गरिएका छन् । जसका कारण सबै सरकारी काम ठप्प भएको छ ।

गाउँपालिकामा चरम भ्रष्टाचार भएको भन्दै स्थानीयहरुले आवाज उठाउन थालेपछि कर्मचारीहरु कार्यालय नै छाडेर हिडेको आरोप स्थानीयहरुको छ । गाउँपालिकाको स्वास्थ्य, शिक्षा, कृषि र भेटनरी शाखाहरुमा अनियमिता भएको भन्दै स्थानीयहरुले सूचनाको हक प्रयोग गरी हिसाब किताब सार्वजनिक गर्नु पर्ने माग गरेका छन् ।

गाउँपालिका कर्मचारीविहीन भएपछि स्थानीयहरुले भ्रष्टाचार रोक्नु पर्ने र यसभन्दा पहिलेको हिसाब किताब सार्वजनिक गर्नु पर्ने भन्दै गाउँपालिकाको कार्यालय घेराबन्दी गरी आन्दोलित भएका छन् ।

गाउँपालिकाले भने हरेक वर्ष सम्पूर्ण योजनाहरुका बारेमा सार्वजनिक सुनुवाई गर्दै आएको दाबी गर्दै कुनै अनियमीतता नगरेको दावी गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.