मेलम्ची खानेपानी आयोजनाको दोश्रो परीक्षण सफल

काठमाडौं– बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको मर्मत पछि दोश्रो परीक्षण सुरु गरिएको छ ।

पहिलो परीक्षणमा समस्या आएपछि यस पटकको परीक्षणमा विशेष ध्यान दिइएको आयोजना श्रोतले जनाएको छ । खानेपानी मन्त्री मणिचन्द्र थापाले आयोजनाको मुहान सिन्धुपाल्चोकको अम्बाथानमा रहेको स्विच अन गरी मर्मत सम्पन्न भएको सुरुङको परीक्षण शुभारम्भ गर्नुभएको हो । मेलम्चीको यो सफलता एउटा आयोजनाको मात्रै सफलता नभइ सिंगो मुलुकका लागि विकासमा नयाँ प्रविधिको सफलताको पहिलो उदाहरण भएको मन्त्री थापाको भनाइ छ । मुलुक अब सुरुङ प्रविधिको युगमा प्रवेश गरेको पनि मन्त्री थापाले बताउनुभयो ।

कुनै समस्या नदेखिएमा मेलम्चीको पानी आगामी १६ दिन भित्र काठमाडौं आइपुग्ने छ ।

मेलम्चीलाई सहज रुपमा अघि बढाउन स्थानीयका सबै जायज मागहरुलाई पूरा गर्ने विषयमा पनि छलफल भइरहेको सोही कार्यक्रममा पुग्नुभएका युवा तथा खेलकुद मन्त्री दावा तामाङले बताउनुभएको छ । अस्थायी रुपमा काठमाडौं पानी पुग्न २ महिना लाग्ने र हाल २ सय ६० लिटर प्रति सेकेन्डका दरले पानी सुरुङमा हालिएको आयोजनाका प्राविधिकहरुले जानकारी दिएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.