शेयर बजार घट्दोक्रममा

काठमाडौं– शेयर बजारले मंगलबार पनि घट्दो क्रम पछ्याएको छ ।

अघिल्लो दिन ३२.६७ अंकले घटेको बजार यस दिन २१.१६ अंक अर्थात् ०.८१ प्रतिशतले तल झरेको छ । यससँगै शेयर बजार परिसूचक नेप्से २५८६.५१ विन्दुमा आएको छ ।

मंगलवार ठूला कम्पनीहरुको शेयर मापक सेन्सेटिभ इन्डेक्स पनि २.४१ अंकले घटेर ४६७.९४ अंकमा सीमित भएको छ । यस दिन कारोबारमा आएको १२ समूहमध्ये व्यापार समूहबाहेक सबैको शेयरमूल्य घटेका छन् ।आज २०५ कम्पनीको शेयर कारोबार भएको छ ।

८३ हजार २१२ पटकको कारोबारबाट कुल १ करोड ७६ लाख ६५ हजार ६९८ कित्ता शेयर किनबेच भएको छ, जसबाट ८ अर्ब ५३ अर्ब ९७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।यस दिन नेपाल फाइनान्स लिमिटेडका शेयरधनीले सर्वाधिक कमाएका छन् ।

कम्पनीको शेयरमूल्य ९.९३ प्रतिशतले बढेको छ । यस्तै नेपाल इन्फ्रास्ट्रक्चर बैंकका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको शेयरमूल्य १० प्रतिशतले घटेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.