रामेछापको एउटा विद्यालय : शिक्षक र विद्यार्थीको संख्या बराबर

रामेछाप- शिक्षकको अभावमा विद्यालयमा पठनपाठन नहुँदा समस्या हुने गरेको कुरा त बाक्लै सुनिन्छ , तर शिक्षक र बिद्यार्थी बरावर भएको कुरा सुन्दाआश्चर्य लाग्न सक्छ ।

यस्तै आश्चर्य लाग्ने गरी शिक्षकको संख्या र विद्यार्थीको संख्या बरावर भएको विद्यालयमा विद्यार्थी पढाएर बसेका छन् रामेछापको एक विद्यालयका शिक्षक- शिक्षिकाहरु ।

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ३ साँघुटारको ककनी आधारभूत विद्यालयमा यहाँका ३ जना शिक्षकले ३ जनाविद्यार्थी पढाइ रहेकाछन् ।

०५१ सालमा स्थापना भएको यस विद्यालयमा सोमबार विद्यालय समयमाजम्मा ३ जना विद्यार्थीलाई एउटै कोठामा राखेर ३ जना शिक्षकले पढाइरहनु भएको थियो ।

विद्यार्थी थोरै भएकै कारण ८ कक्षासम्म चलेको यो विद्यालयमाअहिले कक्षा ५ सम्म मात्र पढाइ हुने गरेको छ ।

विद्यालयमा पढ्ने विद्यार्थीको संख्या १५ भन्दा बढी रहेको त्यहाँ कार्यरत शिक्षकहरुको दावी भएपनि मंगलबार १० बजेपछि पत्रकारको समुह त्यहाँ पुग्दा जम्मा ३ जना विद्यार्थीलाई शिक्षकहरुले पढाइरहेका थिए ।

३ जना शिक्षकको दरबन्दि रहेको उक्त विद्यालय आसपासका विद्यार्थीहरु पनि अहिले अन्य स्कुलमा पढ्न गएकाले विद्यालयमाआउने वालवालिकाको संख्या निकै कम भएको विद्यालयमा कार्यरत शिक्षिकाहरु बताउनुहुन्छ ।

गाउँलेहरुले २६ बर्ष अगाडि निकै मिहनेत गरेर स्थापना गरेको स्कुलको अबस्था देख्दा दुःखलाग्ने गरेको स्थानीय अभिभावक धनबहादुर खड्का बताउनुहुन्छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.